काठमाडौं । आज दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
बुधबार अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो ।
अर्थ समितिको बैठक ९ः३० बजे बस्ने भएको छ । बैठकमा रसुवा बाढी पश्चात नेपाल सरकारबाट हालसम्म भएगरेका उद्दार, राहत वितरण तथा पुनः स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, विपद्बाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल र विपद् पछिको क्षति र प्रभावको मूल्याङ्कनका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्ने भएको छ । बैठकमा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुने छ ।















प्रतिक्रिया दिनुहोस्