Advertisement
Advertisement
Corporate Samachar
२४ भाद्र २०८३, बुधबार
Advertisement

ग्लोबल आइएमई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

ग्लोबल आइएमई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश पारित गर्न २०औँ वार्षिक साधारणसभा बोलाएको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले आगामी असोज १६ गते शुक्रबार बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारणसभा आयोजना गर्ने भएको हो। साधारणसभाले बैंकको हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण अनुमोदन गर्ने, बैंक तथा बैंकका सहायक कम्पनीहरूको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने, आर्थिक वर्ष २०८३र८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमा पनि छलफल गर्नेछ।

त्यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि साधारणसभामा पेश हुने जनाइएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसैले असोज २ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरू साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit