Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

स्थापना दिवसको अवसरमा उद्योग वाणिज्य संघ काठमाडौंले बृहत् रक्तदान कार्यक्रम गर्ने

स्थापना दिवसको अवसरमा उद्योग वाणिज्य संघ काठमाडौंले बृहत् रक्तदान कार्यक्रम गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आफ्नो स्थापना दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

संघका अनुसार आगामी २०८३ साल भदौ २७ गते शनिबार काठमाडौंको वसन्तपुर डबली, कुमारी घर नजिक रक्तदान कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

रक्तदानमार्फत आवश्यकतामा रहेका बिरामीका लागि रगत उपलब्ध गराउने तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। संघले स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा सामाजिक सेवासँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

कार्यक्रममा इच्छुक रक्तदाताले सहभागी भई रक्तदान गर्न सक्नेछन्। रक्तदानका लागि आवश्यक प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी ले गर्ने जनाइएको छ । त्यस्तै, ब्लड डोनर्स एसोसिएसन नेपाल, नेपाल वितरक संघ रेडक्रस सोसाइटी नेपाल कार्यक्रमका सहयोगी संस्थाका रूपमा रहनेछन्।

संघले रक्तदान जीवनदान भएकाले स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी भई सामाजिक सेवामा योगदान गर्न सबैलाई आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit