Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त

अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ (ह्युमेनिटेरियन अफेयर्स) सल्लाहकारमा नियुक्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

२०८३ भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पराजुलीलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारका रूपमा नियुक्त गरिएको हो । भोटेकोशी बाढीपछि मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हित, राहत तथा पुनर्स्थापनासम्बन्धी कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले छोटो अवधिका लागि उनलाई नियुक्त गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

पराजुलीलाई संयुक्त राष्ट्रसंघ (यूएन) मा लामो समय काम गरेको अनुभव रहेको छ। विपद्पछिको मानवीय राहत, पुनर्स्थापना तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा उनको अनुभव उपयोगी हुने अपेक्षा मन्त्रालयले गरेको छ। मन्त्री वाग्लेले शुक्रबार पराजुलीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit