Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

यस वर्ष मनसुनमा औसतभन्दा ५५ प्रतिशत कम वर्षा र अत्यधिक गर्मी हुने

यस वर्ष मनसुनमा औसतभन्दा ५५ प्रतिशत कम वर्षा र अत्यधिक गर्मी हुने
विज्ञापन
Advertisement

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने प्रक्षेपण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

विभागले शुक्रबार सार्वजनिक गरेको ‘मनसुन ऋतुको जलवायु आँकलन’ अनुसार आगामी चार महिना (जेठ १८ देखि असोज १४ सम्म) देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ ।

कहाँ कति वर्षाको सम्भावना ?

विभागको आकलन अनुसार कर्णाली प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशको पूर्वी भू–भाग र कोशी प्रदेशको दक्षिणी क्षेत्रमा कम वर्षा हुने छ । यसैगरी, सुदूरपश्चिम प्रदेशका अधिकांश भाग, मधेशको पश्चिमी भाग र कोशी प्रदेशको मध्य भू–भागमा ४५ देखि ५५ प्रतिशत कम वर्षा हुनेछ । देशका बाँकी भू–भागहरूमा भने ३५ देखि ४५ प्रतिशत सम्म कम पानी पर्ने विभागले जनाएको छ ।

‘एल निनो’ को प्रभावले गर्मी अधिक बढ्ने

यस वर्ष पानी कम पर्नुका साथै देशभर अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने विभागको अनुमान छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा गर्मी ५५ देखि ६५ प्रतिशतसम्म बढी हुने देखिएको छ । यसको मुख्य कारण प्रशान्त महासागरमा विकसित भइरहेको ‘एल निनो’ र ‘इन्डियन ओसन डिपोल’ लाई मानिएको छ । एल निनोका कारण दक्षिण एसियाली क्षेत्र र नेपालमा मनसुन कमजोर भई तापक्रम बढ्ने गर्दछ।

विभागको पूर्वतयारी

विभागद्वारा आयोजित ‘मनसुन फोरम’ मा महानिर्देशक डा.अर्चना श्रेष्ठले आगामी मनसुनको सम्भावित प्रभावबारे गहन अध्ययन भइरहेको जानकारी दिइन् । उनका अनुसार विश्वव्यापी वायुमण्डलीय प्रणालीहरू जस्तै एल निनो र इन्डियन ओसियन डाइपोलको नेपालको मौसमसँग सिधा सम्बन्ध छ। ‘वैज्ञानिक अनुसन्धानलाई मजबुत बनाएर मौसमी पूर्वानुमानलाई अझ विश्वसनीय बनाउने कार्य भइरहेको छ,’ उनले भनिन् ।

श्रेष्ठले विभागले अब क्षेत्रीय मात्र नभई स्थानीय (सब–रिजनल) तहसम्म पुग्ने गरी पूर्वानुमान प्रणाली विकास गरिरहेको बताइन् । जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने र हिमताल विस्फोटको जोखिम बढेकाले विभागले ग्लेसियर मोनिटरिङका लागि विशेष बजेट समेत विनियोजन गरेको छ ।

विभागले गत वर्ष २०८२ को मनसुन प्रक्षेपण पनि धेरै हदसम्म मिलेको उल्लेख गर्दै सर्वसाधारण र सरोकारवाला निकायलाई दैनिक तथा साप्ताहिक बुलेटिनहरू हेरेर सतर्क रहन आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit