Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

एसईई दिएका विद्यार्थीहरूका लागि गोल्डेनगेटले बास्केटबल प्रतियोगिता आयोजना गर्ने

एसईई दिएका विद्यार्थीहरूका लागि गोल्डेनगेटले बास्केटबल प्रतियोगिता आयोजना गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेशनल कलेजले एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कलेज अन्तर्गतको गोल्डेनगेट बास्केटबल क्लबले विद्यार्थीहरूको खेल प्रतिभा पहिचान गर्ने र उनीहरूलाई राष्ट्रिय स्तरको खेलकुद वातावरणसँग जोड्ने उद्देश्यका साथ आगामी जेठ ८ र ९ गते कलेजकै खेल मैदानमा यो प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई २० हजार, द्वितीय हुनेलाई १० हजार उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको उल्लेख छ। प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीहरूका लागि कलेजले १५ दिने निःशुल्क क्याम्प, विशेष छात्रवृत्ति तथा क्लबमा आबद्ध हुने मौकासहितको प्याकेज उपलब्ध गराउनेछ।

प्रतियोगितामा सहभागी भई एसईई उत्तीर्ण गर्ने विद्यार्थीहरूले गोल्डेनगेट कलेजमा कक्षा ११ मा भर्ना हुँदा विशेष छात्रवृत्ति प्राप्त गर्नेछन् भने, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई १३ पटकको राष्ट्रिय च्याम्पियन ‘गोल्डेनगेट बास्केटबल क्लब’ मा आबद्ध हुने अवसर प्रदान गरिने आयोजकको भनाइ छ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीले एक हजार रुपैयाँ प्रवेश शुल्क बुझाएर अनलाइन फारममार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit