Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

कजारिया रमेश टायल्सको डिलर नेटवर्क विस्तार, प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा

कजारिया रमेश टायल्सको डिलर नेटवर्क विस्तार, प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ। नयाँ डिलर सञ्चालनमा आएसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि कजारियाका टायल उत्पादनहरू ग्राहकले थप सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

ग्राहकको बदलिँदो आवश्यकता र डिजाइन प्रवृत्तिलाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको ग्यालरीमा कजारियाका वाल तथा फ्लोर टायल्सका विभिन्न प्रिमियम सङ्कलन उपलब्ध हुनेछन्। ग्राहकले एउटै स्थानबाट विभिन्न डिजाइन, टेक्सचर, फिनिसिङ र साइजका टायल अवलोकन गरी आफ्नो आवश्यकता र परियोजनाअनुसार छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।

नयाँ डिलरबाट घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनरलगायत निर्माण क्षेत्रसँग सम्बन्धित ग्राहक लाभान्वित हुने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार प्राधान हार्डवेयर ग्यालरीको सञ्चालनले नेपालका प्रमुख तथा उदीयमान बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने तथा ग्राहकको नजिक गुणस्तरीय टायल समाधान पुर्‍याउने अभियानलाई थप बल पुग्नेछ।

उद्घाटन समारोहकै अवसरमा कजारिया रमेश टायल्सले प्राधान हार्डवेयर ग्यालरीलाई आधिकारिक डिलरको प्रमाणपत्रसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ। प्राधान हार्डवेयर ग्यालरीको औपचारिक उद्घाटन सोमबार भएको हो । उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल तथा मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालको प्रमुख उपस्थिति थियो । कार्यक्रममा कम्पनी तथा ग्यालरीका प्रतिनिधिसहित निर्माण र इन्टेरियर क्षेत्रका व्यवसायी तथा स्थानीयको सहभागिता रहेको थियो ।

कजारिया रमेश टायल्सका अनुसार कम्पनीले उन्नत प्रविधि तथा विश्वस्तरीय मापदण्डअनुसार नेपालमा ठूलो टायल उत्पादन उद्योग स्थापना गरेको छ। कम्पनीले सुपरब्राण्ड २०२५, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ लगायतका मान्यता प्राप्त गरेको जनाएको छ। साथै, आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणपत्र तथा इन्डियन ग्रीन बिल्डिङ काउन्सिलको सदस्यता रहेको कम्पनीले जनाएको छ। कजारिया रमेश टायल्सले एनएस क्वालिटी अवार्ड २०२६ समेत प्राप्त गरेको उल्लेख गरेको छ।

कम्पनीका अनुसार कजारियाका ३ हजारभन्दा बढी आधुनिक डिजाइन विकल्प उपलब्ध छन्। यसको उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स, सेरामिक वाल टायल्स र हेभी ड्युटी भिट्रिफाइड टायल्स रहेका छन्। नेपालभर १०० भन्दा बढी शोरुममार्फत सेवा दिँदै आएको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit