Advertisement
Advertisement
Corporate Samachar
७ भाद्र २०८३, आईतवार
Advertisement
Advertisement

भारत–नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ, यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार

भारत–नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ, यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
विज्ञापन
Advertisement

काठमाडौं। भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ हुँदै गएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले दुवै देशबीच निर्बाध सीमापार डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

हाल भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीचको सम्बन्धमार्फत दुई देशबीच रियल–टाइम ‘पर्सन–टू–पर्सन’ (पीटूपी) रकम स्थानान्तरणको सुविधा उपलब्ध छ। यसबाट भारत र नेपालबीच रकम पठाउने तथा प्राप्त गर्ने प्रक्रिया थप सहज, सुरक्षित र किफायती बनेको एनआईपीएलले जनाएको छ। त्यस्तै, नेपाल भ्रमणमा आउने भारतीय यात्रुले यूपीआईमार्फत नेपालका विभिन्न व्यवसायिक प्रतिष्ठानमा क्यूआर कोड स्क्यान गरी तत्काल भुक्तानी गर्न सक्ने व्यवस्था विस्तार हुँदै गएको छ। फोनपे नेटवर्कमा आबद्ध व्यवसायीले यूपीआई भुक्तानी स्वीकार गर्न सक्ने भएकाले खुद्रा व्यापार, होटल तथा आतिथ्य सेवा र दैनिक किनमेललगायत क्षेत्रमा यसको प्रयोग बढ्दै गएको छ।

नेपाल आउने पर्यटकमध्ये भारत प्रमुख स्रोत मुलुक हो। सन् २०२५ मा मात्रै २ लाख ९० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल आएका थिए। मनोरञ्जन, धार्मिक यात्रा, व्यापार तथा पारिवारिक सम्बन्धका कारण नेपाल आउने भारतीय यात्रुका लागि यूपीआई भुक्तानी सुविधाले नगद बोक्ने तथा मुद्रा साट्ने आवश्यकता घटाएको छ। चन्द्रागिरि हिल्स, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिरलगायत लोकप्रिय पर्यटकीय तथा धार्मिक गन्तव्यमा समेत यस्तो भुक्तानी सुविधा उपलब्ध रहेको एनआईपीएलले जनाएको छ। यूपीआईको विस्तारबाट नेपाली व्यवसायीले पनि डिजिटल भुक्तानीमा अभ्यस्त ठूलो ग्राहक समूहसम्म पहुँच पाउने अपेक्षा गरिएको छ। तत्काल भुक्तानी, नगद व्यवस्थापनमा सहजता र भौतिक मुद्रामाथिको निर्भरता घट्ने भएकाले व्यवसाय सञ्चालन थप प्रभावकारी बन्ने कम्पनीको भनाइ छ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको यूपीआई–एनपीआई सम्बन्धले दुवैतर्फ रियल–टाइम पीटूपी रकम स्थानान्तरणको सुविधा पनि दिएको छ। भारतीय तथा नेपाली प्रयोगकर्ताले रिसिभरको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गरी रकम पठाउन सक्नेछन्। यसैगरी, नेपालमा रहेका भारतीय प्रयोगकर्ताले यूपीआई आईडीमार्फत भारतमा रकम पठाउन सक्ने व्यवस्था छ। यसका लागि संवेदनशील बैंक खाता विवरण आदानप्रदान गर्नुपर्ने आवश्यकता नपर्ने भएकाले सीमापार रेमिट्यान्स प्रक्रिया थप सुरक्षित र सहज हुने बताइएको छ।

एनपीसीआई इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले नेपालमा डिजिटल भुक्तानीको स्वीकार्यता बढाउने, भारतीय यात्रुका लागि कारोबार सहज बनाउने तथा भारत–नेपालबीच रेमिट्यान्समा निर्भर परिवारका लागि छिटो र किफायती रकम स्थानान्तरणको सुविधा विस्तार गर्ने उद्देश्य रहेको बताए। उनका अनुसार फोनपे र एनसीएचएलसँगको सहकार्यमा सुरक्षित तथा रियल–टाइम भुक्तानी समाधान विस्तार भइरहेको छ। यसले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै जनस्तरको सम्बन्धलाई समेत गहिरो बनाउने अपेक्षा गरिएको छ।

एनआईपीएलले आगामी दिनमा नेपालका नियामक निकाय तथा भुक्तानी प्रणालीसँग सम्बन्धित साझेदारसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ। कम्पनीले यूपीआईमा आधारित भुक्तानी समाधानको प्रयोग बढाउनुका साथै पीटूपी रेमिट्यान्स प्रणालीलाई थप बैंकसम्म विस्तार गर्ने योजना अघि सारेको छ। एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड सन् २०२० मा एनपीसीआईको पूर्ण स्वामित्वमा स्थापना भएको कम्पनी हो। एनपीसीआईको अन्तर्राष्ट्रिय शाखाका रूपमा यसले भारतमा विकास गरिएको यूपीआई तथा रुपे कार्ड भुक्तानी प्रणालीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit