Advertisement
Advertisement
Corporate Samachar
११ कार्तिक २०८३, मंगलवार
Advertisement
Advertisement

‘हामी काठ बगाइरहेका छौँ, फेरि विदेशबाट काठ झिकाइरहेका छौँ’

‘हामी काठ बगाइरहेका छौँ, फेरि विदेशबाट काठ झिकाइरहेका छौँ’
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढी–पहिरोका क्रममा नदीमा थुप्रिएको बालुवा तथा जंगलबाट बगेको काठको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले प्राकृतिक स्रोतको उचित व्यवस्थापन गर्न नसक्दा तराई–मधेसका खेत तथा बस्ती जोखिममा पर्न सक्ने बताए। ‘हालै नेपालमा आएको बाढी–पहिरोको क्रममा नदीमा बग्ने बालुवा र जंगलबाट बग्ने काठको व्यवस्थापन हामीले गर्न नसकेको कुरा स्पष्ट रूपमा देख्न सक्छौँ। त्यो बग्दै मधेसतिर गइराखेको छ,’ झाले भने,‘ त्यसलाई हामीले व्यवस्थापन गर्न सकेनौँ भने नदीमा बालुवाको मात्रा धेरै भएर नजिकको खेत र बस्ती जोखिमपूर्ण हुँदैछ।’

उनले बाढीले पहाडी क्षेत्रबाट बगाएर ल्याएको बालुवा तराई–मधेसतर्फ थुप्रिँदै गएको भन्दै यसको व्यवस्थापन नगरे नदीको बहावमा असर पुग्ने र आसपासका क्षेत्र जोखिममा पर्न सक्ने बताए । उनले भने, ‘प्रकृति हाम्रो लागि वरदान हो, तर त्यसको हामीले व्यवस्थापन गर्न सकेनौँ भने त्यो अभिशापको रूपमा देखिन्छ। ’

झाले बाढीका क्रममा कतिपय नदीमा पानीभन्दा धेरै काठ बगेको उल्लेख गर्दै प्राकृतिक स्रोतको क्षति भइरहँदा नेपालले मलेसियालगायत विभिन्न देशबाट काठ आयात गरिरहेको विषयमा समेत प्रश्न उठाए।‘हाम्रो प्रकृति बगिराखेको छ, नोक्सान भइराखेको छ, घाटा लागिराखेको छ, तर हामी मलेसिया लगायत कुन–कुन देशबाट काठ झिकाइराखेका छौँ,’ उनले भने। उनले नदीमा बगेको बालुवा र काठलाई उपयोग तथा व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit