काठमाडौं। यो साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी ६० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मोल दुई लाख ९१ हजार ९०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ।
त्यसअघिको अघिल्लो कारोबार दिन (शुक्रबार) सुन बढेर किनबेच भएको थियो। शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ रहेको थियो। जुन बुधबारको तुलनामा स्थिर हो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार २५ रुपैयाँले बढेर ४ हजार ४ सय ५० रुपैयाँ पुगेको चाँदी आज ६० रुपैयाँले सस्तिएको हो । महासंघका अनुसार आज एक तोला चाँदी खरिद गर्न उपभोक्ताले चार हजार ३९० रुपैयाँ खर्चिनुपर्छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्ला दिनमा सुन–चाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ। गत मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा झरेकोमा बुधबार २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको थियो।















प्रतिक्रिया दिनुहोस्