Advertisement
Advertisement
Corporate Samachar
११ कार्तिक २०८३, मंगलवार
Advertisement
Advertisement

विश्व बैंकसँग भूकम्प विपद् बन्डसम्बन्धी सम्झौता गर्न सरकारको स्वीकृति, यी हुन् क्याविनेटका निणर्यहरु

विश्व बैंकसँग भूकम्प विपद् बन्डसम्बन्धी सम्झौता गर्न सरकारको स्वीकृति, यी हुन् क्याविनेटका निणर्यहरु
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले विश्व बैंकसँग ‘नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड’ सम्बन्धी म्यान्डेट सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौतासहित चारवटा मुख्य निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिएका छन्।

यसैगरी, बैठकले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ। साथै, जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराँतेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले नेपाल न्याय सेवाको सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit