Advertisement
Advertisement
Corporate Samachar
११ कार्तिक २०८३, मंगलवार
Advertisement
Advertisement

दिगोले गर्यो युलेन्स स्कुललाई ४० वटा विद्युतीय भ्यान हस्तान्तरण

दिगोले गर्यो युलेन्स स्कुललाई ४० वटा विद्युतीय भ्यान हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । दिगोले युलेन्स स्कुललाई १६ सिट क्षमताका ४० वटा विद्युतीय भ्यान हस्तान्तरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार चिनियाँ सवारी निर्माता कम्पनी सीएचटीसीका प्रतिनिधि झु सियानसोङले दिगो र स्कुलका प्रतिनिधिहरूको उपस्थितिमा भ्यान हस्तान्तरण गरेका हुन्। विद्यालयको यातायात सेवालाई स्वच्छ, प्रभावकारी र वातावरणमैत्री बनाउने उद्देश्यले भ्यानहरू सञ्चालनमा ल्याउन लागिएको हो। यी भ्यानले सञ्चालन खर्च घटाउनुका साथै ध्वनि प्रदूषण र कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

दिगोका समूह प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठले युलेन्स स्कुलले देखाएको विश्वासले नेपालमा विद्युतीय सवारीसाधनको विस्तार र समग्र विद्युतीय सवारी प्रणाली निर्माणमा थप प्रोत्साहन मिलेको बताए। त्यस्तै, स्कुलकी प्रधानाध्यापक एकता सिंह राणाले विद्युतीय भ्यानको समावेशले विद्यालयको यातायात सेवालाई प्रभावकारी र वातावरणप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने बताइन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit