Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

बुढीगण्डकी बाढीले ६ पुल बगायोः १० जना सम्पर्कविहीन, उद्धारमा क्विक रियाक्सन टिम खटियो

बुढीगण्डकी बाढीले ६ पुल बगायोः १० जना सम्पर्कविहीन, उद्धारमा क्विक रियाक्सन टिम खटियो
विज्ञापन
Advertisement

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बाढीले दुई वटा मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। बाढीका कारण जोखिममा परेका छ जनाको हवाई उद्धार गरिएको छ। प्रधानमन्त्री बालेन शाहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार पहिरोको जोखिममा रहेको चुमनुब्री गाउँपालिका–३ स्थित जगत् क्षेत्रबाट छ जनाको हवाई उद्धार गरिएको हो। उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाको फौज हवाई र स्थलमार्गबाट परिचालन गरिएको छ। काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको उनले बताएका छन्।बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ।

यसैगरी, माछिखोला–केरौँजा, चुमनुब्रीको ठाडोभ्याङ–जगत् र सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुलहरूमा क्षति पुगेको छ। यस्तै, बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगरका करिब ३५ घर बगाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत व्यापक क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit