Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान
विज्ञापन
Advertisement

काठमाडौं ।कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना पूर्वअध्यक्ष सुरेश कुमार कर्ण इजरायलका लागि नेपालको राजदूत नियुक्त भएको ऐतिहासिक अवसरमा आज महासंघको सचिवालय, खुसिबुमा एक विशेष बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले कर्णको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रकै गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्। सन् २००८ देखि २०१२ सम्म क्यान महासंघको नेतृत्व सम्हाल्नुभएका कर्णले यसै साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

विषयगत कूटनीतिमा ऐतिहासिक कोसेढुङ्गा

कार्यक्रमलाई सम्बोधन गर्दै क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले प्रविधि क्षेत्रका अनुभवी विज्ञलाई इजरायलजस्तो विश्वप्रसिद्ध नवप्रवर्तन तथा प्रविधि हबमा राजदूतका रूपमा पठाउनु नेपालको आर्थिक र प्रविधिमैत्री कूटनीतिका लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए ।

नेपाल–इजरायल आईसीटी सहकार्य र नलेज आउटसोर्सिङमा जोड

क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रा।लि। का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी अधिकारीले नवनियुक्त राजदूत कर्णलाई सम्मानको प्रस्ताव प्रस्तुत गर्दै सम्पूर्ण नेपाली आईसीटी क्षेत्रका तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । अधिकारीले नेपालको तीव्र गतिमा बढ्दो दक्ष प्रविधि जनशक्ति र इजरायलको उन्नत प्रविधि इकोसिस्टमबीच सहकार्यका अपार सम्भावना रहेको औंल्याए ।

सम्मान ग्रहणपछि मन्तव्य राख्दै राजदूत सुरेश कुमार कर्णले महासंघप्रति आभार व्यक्त गर्दै प्रविधि कूटनीतिमार्फत दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए । उनले आफ्नो कार्यकालमा मुख्यतया दुई क्षेत्रमा प्राथमिकता दिने बताए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit