काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम आइतबार पनि जारी रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर दुई लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ४४० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढेको थियो। बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार ३९० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १५ रुपैयाँले बढेर चार हजार ४०५ रुपैयाँ पुगेको थियो। आइतबार भने चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर चार हजार ४४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्