Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट, केके भयाे कुराकानी?

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट,  केके भयाे कुराकानी?
नयाँदिल्ली (भारत), ६ मङ्सिर: नयाँदिल्लीस्थित होटल ताजमहलमा आइतबार प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा एस जयशंकर शिष्टाचार भेटवार्ता गर्नुहुँदै । भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस
विज्ञापन
Advertisement

नयाँदिल्ली । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको शिष्टाचार भेटवार्तामा नेपाल र भारत सम्बन्धका विविध पक्ष, ‘कनेक्टिभिटी’, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल श्रेत्रीले जानकारी दिए ।

यसैगरी, प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशङ्करबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न यहाँ आइपुगेका हुन् ।.

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी, सञ्चारकर्मीसमेत रहेका छन् ।

प्रधानमन्त्री शाह नयाँदिल्लस्थित विभिन्न कार्यक्रम तथा उच्चस्तरीय भेटघाटमा सरिक भई दुईदिने राजकीय भ्रमण सम्पन्न गरी भोलि मङ्सिर ७ गते सोमबार साँझ स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit