Advertisement
Advertisement
Corporate Samachar
१२ कार्तिक २०८३, बुधबार
Advertisement
Advertisement

राष्ट्र बैंकका अनलाइन सेवा अझै बन्द, एनसीटीएस र एफएक्सओएल सेवा इमेलबाट लिन आग्रह

राष्ट्र बैंकका अनलाइन सेवा अझै बन्द, एनसीटीएस र एफएक्सओएल सेवा इमेलबाट लिन आग्रह
सांकेतिक तस्बिर
विज्ञापन
Advertisement

काठमाडौं । विश्वव्यापी रूपमा पीएचपी प्रविधिमा देखिएको साइबर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले बन्द गरेको अनलाइ सेवा पुनः सञ्चालन आउन अझै समय लाग्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आफ्ना केही अनलाइन प्रणाली तथा सेवाहरू अस्थायी रूपमा बन्द गरेपछि ग्राहकको सुविधालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले सम्बन्धित प्रणाली पुनः सञ्चालनमा नआएसम्म वैकल्पिक माध्यमका रूपमा इमेलबाट निवेदन, गुनासो तथा पत्राचार गर्न आग्रह गरेको छ। राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयले सोमबार, जारी गरेको सूचनाअनुसार गुनासो सुनुवाइ पोर्टल, एनसीटीएस, एलसी (लेटर अफ क्रेडिट) र एफएक्सओएल प्रणालीसँग सम्बन्धित सेवाका लागि छुट्टाछुट्टै इमेल ठेगाना तोकिदिएर सोहीमार्फत आवश्यक सेवा लिन भनेको हो ।

बैंकले सम्भावित साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्न तथा डिजिटल प्रणालीको सुरक्षा सुनिश्चित गर्न सावधानीस्वरूप ती प्रणाली अस्थायी रूपमा स्थगन गरेको स्पष्ट गरेको छ। प्रणाली पुनः सञ्चालनमा नआएसम्म सम्बन्धित सेवाग्राही तथा निकायले तोकिएका इमेल ठेगानामार्फत आफ्ना कामकारबाही अघि बढाउन सक्नेछन्।

हालै मात्र वेबसाइट तथा अनलाइन सेवा सञ्चालनमा प्रयोग हुने पीएचपी प्रविधिमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा कमजोरी पहिचान भएपछि नेपालमा पनि विभिन्न बैंक तथा वित्तीय संस्था र सरकारी निकायले आफ्ना डिजिटल प्रणालीको सुरक्षा जाँच तथा अद्यावधिक गर्ने काम अघि बढाएका छन्।यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र विप्रेषण कम्पनीहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन, सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सुरक्षित बनाउन तथा नियमित निगरानी बढाउन आग्रह गरेको थियो।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit