Advertisement
Advertisement
Corporate Samachar
१२ कार्तिक २०८३, बुधबार
Advertisement
Advertisement

उपभोक्तालाई बिल नदिने ग्यास विक्रेतामाथि निगरानी बढाउन महासंघको आग्रह

उपभोक्तालाई बिल नदिने ग्यास विक्रेतामाथि निगरानी बढाउन महासंघको आग्रह
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल दिनुपर्ने नेपाल आयल निगमको निर्देशनलाई ग्यास विक्रेता महासंघ नेपालले स्वागत गरेको छ। महासंघले निगमको निर्णयले ग्यास कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन सहयोग पुग्ने जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न ग्यास व्यवसायीलाई आग्रह भनेको हो । नेपाल आयल निगमको एलपी ग्यास तथा एभिएसन विभागले ९ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो कदम चालेको हो ।

निगमले यसअघि पनि २०८१ साउन ३० र माघ १० गते सम्बन्धित संघसंस्थालाई भ्याट बिल जारी गर्ने व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरेको भएपनि त्यो पूर्णरुपमा कार्यान्वयनमा आएको थिएन । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सबै ग्यास व्यवसायीलाई निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् । उनले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल माग्न र बिल लिने बानी बसाल्न अनुरोध गरेका छन् ।

ग्यास खरिद तथा बिक्रीमा बिलबिजक जारी गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए कारोबारको अभिलेख व्यवस्थित गर्न र बजारमा पारदर्शिता कायम गर्न सहयोग पुग्ने अपेक्षा निगमको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit