काठमाडौं । दराज नेपालले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कात्तिक १५ देखि २५ सम्म ‘दराज ११.११ : वर्षकै सबैभन्दा ठूलो सेल’ सञ्चालन गर्ने भएको छ।
नोभेम्बर १ राति ८ बजेदेखि ११ नोभेम्बरसम्म ‘द बिग बोस इज ब्याक’ नारासहित ल्याइएको अभियानमा ८० प्रतिशतसम्म छुट, दुई करोड रुपैयाँभन्दा बढीका भाउचर, निःशुल्क डेलिभरी र विभिन्न उपहार जित्ने अवसर उपलब्ध हुने कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत विभिन्न ब्रान्डका सामग्रीमा सीमित समयका फ्ल्यास सेल तथा विशेष अफर सञ्चालन हुनेछन्। प्लाटिनम र गोल्ड साझेदार ब्रान्डले ७० प्रतिशतसम्म तथा सिल्भर साझेदारले ८० प्रतिशतसम्म छुट दिनेछन्। दराजका अनुसार नोभेम्बर १ रातिदेखि ब्रान्ड रश आवर र नोभेम्बर २ देखि क्रेजी प्राइस ड्रप सुरु हुनेछ। नोभेम्बर ३ देखि ८ सम्म इलेक्ट्रोनिक्स, लाइफस्टाइल, एफएमसीजी, फेसनलगायत श्रेणीमा दैनिक विशेष अफर उपलब्ध हुनेछन्।
दराजले अभियान अवधिभर आठ बैंकसँग सहकार्य गरेको छ। ग्राहकले क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम दुई हजार रुपैयाँसम्म २० प्रतिशत र डेबिट कार्डबाट भुक्तानी गर्दा अधिकतम १ हजार ५०० रुपैयाँसम्म १५ प्रतिशत छुट पाइनेछ। इसेवा तथा खल्ती बाई आईएमईमार्फत भुक्तानीमा पनि विशेष रश आवरअन्तर्गत एक हजार रुपैयाँसम्म छुट उपलब्ध हुनेछ।
त्यस्तै, कम्तीमा एक हजार १११ रुपैयाँको अर्डर गर्ने ग्राहकले विभिन्न उपहार योजनामा सहभागी हुने अवसर पाउनेछन्। यसअन्तर्गत ११ जना ग्राहकले ५० हजार रुपैयाँभन्दा बढी मूल्यका फिलिप्स सामग्री जित्न सक्नेछन्। अनर नेपाल र ग्लेन नेपालमार्फत थाइल्यान्ड भ्रमण जित्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ।नियम तथा सर्त लागू हुने कम्पनीको दाबी छ। दराजका अनुसार अभियानले उपभोक्तालाई चाडपर्वका सामग्री तथा उपहार अनलाइनबाट खरिद गर्दा छुट र अतिरिक्त बचतको अवसर प्रदान गर्नेछ।















प्रतिक्रिया दिनुहोस्