काठमाडौं। जगदम्बा मोटर्स प्रालिले कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ।
सात दिनसम्म चल्ने मेलामा पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएसका दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सकिनेछ। मेलाको मुख्य आकर्षणका रूपमा ‘टीभीएस गोल्डेन की अफर’ रहेको छ। यसअन्तर्गत ग्राहकले सवारीसाधनको खरिद मूल्यको शतप्रतिशतसम्म नगद फिर्ता वा गोल्ड की अथवा १० लाख रुपैयाँसम्म नगद छुट पाउने अवसर प्राप्त गर्नेछन्। साथै, प्रत्येक दिन दुई जना भाग्यशाली ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउने कम्पनीले जनाएको छ।
पुराना सवारीसाधनको उचित मूल्यांकनका लागि ५० जनाभन्दा बढी अनुभवी मूल्यांकनकर्ता परिचालन गरिनेछ। ग्राहकले नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा आवश्यक सर्त पूरा गरी छिटो तथा सहज वित्तीय सुविधा पनि लिन सक्नेछन्। जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले ग्राहकलाई आकर्षक एक्सचेन्ज मूल्य, विशेष छुट र सहज वित्तीय सुविधा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स सन् २०१५ देखि नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरकका रूपमा सक्रिय छ। कम्पनीले ग्राहकलाई मेलामा सहभागी भई विशेष अफरको लाभ लिन आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्