Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

दिउँसो २ बजेदेखि बीपी राजमार्ग सञ्चालनमा आउने

दिउँसो २ बजेदेखि बीपी राजमार्ग सञ्चालनमा आउने
अवरुद्ध विपी राजमार्ग खुलाइँदै काभ्रेपलाञ्चोक, १५ कात्तिक स् अवरुद्ध बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ गिम्दीबेँसीमा आइतबार बहिान सडकको पहिरो पन्छाएरएर खुलाइँदै । सो क्षेत्रको पिप्ले, माम्तीलगायत अन्य स्थानहरुमा पनि शनिवार विहानदेखि अबरुद्ध रहेकोले केही घण्टामा सवारी आवागमन हुने गाउँपालिका कार्यालये जनाएको छ। तस्वीरस् राजकुमार पराजुलीररासस
विज्ञापन
Advertisement

काठमाडाैं। दुई दिनदेखि अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग आज (आइतबार) दिउँसो २ बजेदेखि सञ्चालनमा आउने भएको छ। रोशी खोलामा आएको बाढीले सडकका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि अवरुद्ध बनेको राजमार्ग मर्मतको काम अन्तिम चरणमा पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

सडक डिभिजन भक्तपुरका इन्जिनियर हिमाल काफ्लेका अनुसार राजमार्गको अधिकांश स्थानमा मर्मत कार्य सम्पन्न भइसकेको छ। अब गिम्दीबेँसी क्षेत्रमा मात्रै सडक निर्माणको काम बाँकी रहेको छ।

उक्त क्षेत्रमा भइरहेको मर्मत तथा निर्माणको काम आगामी एकदेखि दुई घण्टाभित्र सम्पन्न गरी दिउँसो २ बजेदेखि नै यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

लगातारको वर्षा र रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेपछि दुई दिनदेखि यातायात आवागमन ठप्प भएको थियो। राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यका र पूर्वी नेपालबीच आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका थिए।

मर्मत कार्य सम्पन्न भएसँगै राजमार्ग सञ्चालनमा आउने भएपछि यात्रु तथा व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, वर्षाका कारण जोखिम कायम रहन सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit