Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

एनपीएलकै ठूलो रन चेज गर्दै काठमाण्डुले जोड्यो दुई अंक, कर्णाली पराजित

एनपीएलकै ठूलो रन चेज गर्दै काठमाण्डुले जोड्यो दुई अंक, कर्णाली पराजित
विज्ञापन
Advertisement

काठमाडौं । रासिद खान र कप्तान करण केसीको विस्फोटक ब्याटिङमा काठमाण्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा ऐतिहासिक जित निकालेको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। यो एनपीएल जारी सिजनकै सबैभन्दा ठूलो सफल रन चेज हो।

काठमाण्डुको जितमा रासिद खानले ३४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४४ रन जोडे। जहानदान खानले १० बलमा अविजित २२ रन बनाएपछि काठमाण्डुले रोमाञ्चक जित सुनिश्चित गर्‍यो।

यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो। अरिफुल इस्लामले २२ बलमा ४४, हुसेन तलतले ४० तथा पवन सर्राफले अविजित ३० रन बनाए। बलिङमा कर्णालीका सोमपाल कामी र हुसेन तलतले दुई–दुई विकेट लिए। पहिलो खेलमा जनकपुरसँग पराजित काठमाण्डुले दोस्रो खेलमा पहिलो जित निकाल्दै दुई अंक जोडेको छ। लगातार दुई जितपछि कर्णालीले भने पहिलो हार बेहोरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit