Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोडको अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोडको अवैध सामान बरामद
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं। सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरेको छ । सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रणमा निगरानी बढाएसँगै सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करीका सामान नियन्त्रणमा लिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सशस्त्र प्रहरी बल, नेपालका अनुसार २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्मको अवधिमा १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरिएको छ । सरकारको सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने नीतिअनुसार अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद भएका छन् भने हतियार कारोबार तथा ओसारपसारमा संलग्न आठ जना पक्राउ परेका छन्। त्यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, विभिन्न प्रकारका ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ ।

सीमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणतर्फ पनि प्रहरीले उल्लेख्य काम गरेको जनाएको छ। जोखिममा परेका १६७ जनाको उद्धार भएको र उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेको उल्लेख छ। यस्तै, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ९१ जना पक्राउ गरेका छन् । त्यसैगरी, सीमा अतिक्रमण नियन्त्रण तथा दशगजा क्षेत्रको संरक्षणका लागि विभिन्न स्थानमा कारबाही गरिएको छ । दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ भने १७ स्थानमा अतिक्रमित ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ ।

सीमा क्षेत्रको स्वच्छता र व्यवस्थापनका लागि २०४ स्थानमा गरी ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमावासीसँगको सम्बन्ध सुदृढ बनाउने र सीमा सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस अवधिमा २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएका छन् । त्यस्तै, १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना लाभान्वित भएका छन् भने १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जनाले सेवा प्राप्त गरेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit