Advertisement
Advertisement
Corporate Samachar
२३ भाद्र २०८३, मंगलवार
Advertisement

होटल स्मार्ट र स्मार्ट दरबारद्वारा बाढीपीडितका लागि ७ लाख ७७ हजार रुपैयाँ सहयोग

होटल स्मार्ट र स्मार्ट दरबारद्वारा बाढीपीडितका लागि ७ लाख ७७ हजार रुपैयाँ सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि होटल स्मार्ट र स्मार्ट दरबारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

होटल स्मार्टको तर्फबाट ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र स्मार्ट दरबारको तर्फबाट २ लाख २२ हजार २ सय २२ रुपैयाँ गरी कुल ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरिएको हो । सहयोग रकमको चेक होटल स्मार्ट तथा स्मार्ट दरबारका अध्यक्ष सुरेश कार्कीले बुधबार अर्थमन्त्रीको कार्यकक्षमा उपस्थित भई हस्तान्तरण गरेका हुन् ।

विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको संस्थाले जनाएको छ । स्मार्ट ग्रुप अफ हस्पिटालिटीले यसअघि पनि विभिन्न विपद्का समयमा सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ । संस्थाले विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सेवा र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता दोहोर्‍याएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit