Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

प्रधानमन्त्रीको भारत भ्रमणअघि मन्त्रिपरिषद् बैठक, परराष्ट्रले पनि ब्रिफिङ गर्ने

प्रधानमन्त्रीको भारत भ्रमणअघि मन्त्रिपरिषद् बैठक, परराष्ट्रले पनि ब्रिफिङ गर्ने
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका एजेण्डा तथा भ्रमणको तयारीबारे विशेष छलफल हुने बुझिएको छ।

प्रधानमन्त्री शाहले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्दैछन् । भ्रमणका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा सहकार्यका विषय प्राथमिकतामा रहने अपेक्षा गरिएको छ ।

भारत भ्रमणलाई लक्षित गर्दै सरकारले कूटनीतिक तथा प्रशासनिक तयारीलाई तीव्रता दिएको छ। भ्रमणका क्रममा उठाइने विषय, छलफलका एजेण्डा र सम्भावित समझदारीबारे मन्त्रिपरिषद् बैठकमा आवश्यक छलफल हुने बताइएको छ । यसैबीच, प्रधानमन्त्रीको भारत भ्रमणबारे थप जानकारी दिन परराष्ट्र मन्त्रालयले पनि आजै पत्रकार सम्मेलन आयोजना गर्दैछ । मन्त्रिपरिषद् बैठकबाट भारत भ्रमणको तयारीसँगै सरकारका अन्य समसामयिक विषयमा समेत निर्णय हुन सक्ने जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit