Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

४६ वर्षपछि नेपाल फर्किंदै जापानी सांगीतिक समूह गोडाइगो, नेपाल–जापान महोत्सवको तयारी पूरा

४६ वर्षपछि नेपाल फर्किंदै जापानी सांगीतिक समूह गोडाइगो, नेपाल–जापान महोत्सवको तयारी पूरा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। आगामी मंसिर ६ गते आइतबार काठमाडौंको दरबारमार्गमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह गोडाइगोले विशेष प्रस्तुति दिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहआयोजनामा महोत्सव हुन लागेको हो। सात दशक लामो नेपाल–जापान मैत्रीपूर्ण सम्बन्ध, सांस्कृतिक आदानप्रदान र आपसी सहकार्यलाई थप प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

महोत्सवमा गोडाइगोले ४६ वर्षपछि नेपाली दर्शकमाझ पुनः प्रस्तुति दिनेछ। यसअघि सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक सांगीतिक प्रस्तुति दिएको गोडाइगो लामो समयपछि नेपाल फर्किन लागेको हो। जापानी संगीत क्षेत्रमा विशेष पहिचान बनाएको यस समूहको पुनरागमनलाई महोत्सवको प्रमुख आकर्षणका रूपमा हेरिएको छ।

त्यसैगरी जापानका चर्चित हिपहप कलाकार मम्मी–डीको पनि विशेष प्रस्तुति रहनेछ। नेपाली संगीत क्षेत्रबाट कववेभ, कुटुम्ब तथा सविन राई एन्ड द फराहोले समेत सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। नेपाली र जापानी कलाकारको संयुक्त सहभागिताले महोत्सवलाई दुई देशको कला, संगीत र संस्कृतिको साझा उत्सवका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

महोत्सवले सांस्कृतिक आदानप्रदानसँगै मानवीय सहयोगको सन्देशसमेत प्रवाह गर्नेछ। भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ गोडाइगोले जापानमा आयोजना गरेको आफ्नो सांगीतिक यात्राको ५०औँ वार्षिकोत्सव कार्यक्रममा संकलित रकममध्ये करिब ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ। यसले नेपालप्रतिको जापानी कलाकारहरूको सद्भाव र मानवीय सहयोगको भावनालाई समेत उजागर गर्ने आयोजकको विश्वास छ।

सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुवै देशबीच शिक्षा, संस्कृति, पर्यटन, व्यापार तथा विकास सहकार्यका विभिन्न क्षेत्रमा सम्बन्ध विस्तार हुँदै आएको छ। कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा आयोजना हुन लागेको महोत्सवले दुई देशबीचको ऐतिहासिक मित्रतालाई नयाँ पुस्तामाझ परिचित गराउनुका साथै पर्यटन प्रवर्द्धन र सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति, संगीत र परम्परासँग सम्बन्धित विभिन्न गतिविधिसमेत सञ्चालन हुनेछन्। आयोजकका अनुसार महोत्सवमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit