Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

सुरक्षा प्रविधिमा अब्बल ठहरियो प्रोटोन ई.मास ७, जित्यो अन्तर्राष्ट्रिय अवार्ड

सुरक्षा प्रविधिमा अब्बल ठहरियो प्रोटोन ई.मास ७, जित्यो अन्तर्राष्ट्रिय अवार्ड
विज्ञापन
Advertisement

काठमाडौं। मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले अन्तर्राष्ट्रियस्तरमा सुरक्षा विधातर्फ प्रतिष्ठित सम्मान प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मलेसियामा आयोजित ‘एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६’ मा ई.मास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा अवार्ड जितेको हो। यो उपलब्धिले ई.मास ७ मा समावेश अत्याधुनिक चालक सहायता प्रविधि र सवारी सुरक्षालाई प्राथमिकता दिने प्रोटोनको प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीले जनाएको छ।

ई.मास ७ मा विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर विकसित सुरक्षा र चालक सहायता प्रणाली उपलब्ध छन्। यसको २०२६ मोडलमा थप परिष्कृत सुविधाका रूपमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट तथा प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट समावेश गरिएको छ। यी प्रविधिले सम्भावित जोखिम पहिचान गरी चालकलाई सुरक्षित ड्राइभिङमा सहयोग पुर्‍याउँछन्।

अन्तर्राष्ट्रिय सम्मानसँगै ई.मास ७ ले मलेसियाको विद्युतीय सवारी बजारमा पनि उल्लेखनीय बिक्री कायम गरेको छ। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म यस मोडलका ५ हजार ५७९ युनिट बिक्री भएको कम्पनीले उल्लेख गरेको छ । अक्टोबर महिनामा मात्रै ६१६ युनिट बिक्री भएको कम्पनीको तथ्यांक छ। सोही अवधिमा प्रोटोन ई.मास सिरिजका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएका छन्।

नेपालमा प्रोटोन ई.मास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत बिक्री हुँदै आएको छ। प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यो विद्युतीय एसयूभीमा आधुनिक डिजाइन, स्मार्ट प्रविधि र प्रयोगमैत्री सुविधालाई प्राथमिकता दिइएको छ। ई.मास ७ मा सामान व्यवस्थित राख्न ३३ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन्। यसको भेहिकल टु लोड (भीटूएल) प्रविधिबाट गाडीको ब्याट्री प्रयोग गरी बाह्य विद्युतीय उपकरणसमेत सञ्चालन गर्न सकिन्छ। त्यस्तै, ७ एनएम इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल र मनोरञ्जन प्रणालीलाई थप सहज तथा प्रभावकारी बनाउने कम्पनीको दाबी छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit