Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

जीडब्लुएमका ओरा ५ र हाभल एच७ ले पाए युरो एनक्यापको ‘फाइभ स्टार’ सुरक्षा रेटिङ

जीडब्लुएमका ओरा ५ र हाभल एच७ ले पाए युरो एनक्यापको ‘फाइभ स्टार’ सुरक्षा रेटिङ
विज्ञापन
Advertisement

काठमाडौं। चिनियाँ सवारीसाधन निर्माता ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई लोकप्रिय मोडल ओरा ५ र हाभल एच७ ले सन् २०२६ मा युरो एनक्यापको उच्चतम पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित सवारीसाधन सुरक्षा परीक्षण संस्थाबाट दुवै मोडलले उत्कृष्ट मूल्यांकन पाएसँगै जीडब्लुएमको सुरक्षा प्रविधि, इन्जिनियरिङ क्षमता र गुणस्तरप्रतिको प्रतिबद्धताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरो एनक्यापले सवारीसाधनको सुरक्षा मूल्यांकन गर्दा यात्रुको सुरक्षा, दुर्घटनाका बेला हुने चोटपटकबाट बचाउने क्षमता, दुर्घटनापछिको सुरक्षा व्यवस्था तथा चालकलाई सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सघाउने प्रविधिलाई आधार बनाउँछ। यी चारवटै परीक्षण क्षेत्रमा ओरा ५ ले उत्कृष्ट प्रदर्शन गरेको कम्पनीले जनाएको छ। विशेषगरी यात्रुको सुरक्षा र दुर्घटनापछिको सुरक्षासम्बन्धी परीक्षणमा यसले उल्लेखनीय नतिजा हासिल गरेको कम्पनीले जनाएको छ।

पूर्ण विद्युतीय एसयूभी ओरा ५ मा ब्याट्रीको सुरक्षा सुनिश्चित गर्न जीडब्लुएमको विशेष ‘ड्रागन आर्मर’ ब्याट्री सुरक्षा प्रणाली जडान गरिएको छ। यसमा प्रयोग गरिएको ‘डायु’ ब्याट्री सुरक्षा प्रविधिले ब्याट्रीलाई थप सुरक्षित बनाउनुका साथै सवारीसाधनको समग्र सुरक्षा क्षमतालाई मजबुत बनाउने कम्पनीको दाबी छ।त्यस्तै, सवारीसाधनको आरामदायी सुविधा तथा मनोरञ्जन प्रणाली नियन्त्रण गर्न प्रयोग गरिएका भौतिक नियन्त्रण प्रणालीले पनि परीक्षणमा पूर्ण अंक प्राप्त गरेका छन्। ओरा ५ मा उपलब्ध गति सहायता प्रणालीले समेत प्रभावकारी प्रदर्शन गरेको छ।

आधुनिक चालक सहायता प्रणाली (एडास), मजबुत गाडीको संरचना र अत्याधुनिक सुरक्षा प्रविधिको संयोजनले ओरा ५ लाई सुरक्षित विद्युतीय एसयूभीका रूपमा स्थापित गरेको छ। यसअघि पनि जीडब्लुएमका सवारीसाधनले अस्ट्रेलियन न्यु कार एसेसमेन्ट प्रोग्राम (एएनक्याप) बाट पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरिसकेका छन्। विभिन्न अन्तर्राष्ट्रिय सुरक्षा परीक्षणमा हासिल गरेका यी उपलब्धिले यात्रुको सुरक्षालाई कम्पनीले दिएको प्राथमिकता पुष्टि गर्छन्। नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिका अनुसार ओरा ५ र हाभल एच७ ले प्राप्त गरेको पाँचतारे सुरक्षा मान्यताले नेपाली बजारमा ब्रान्डप्रतिको विश्वास थप बढाउने अपेक्षा गरिएको छ। कम्पनीले अन्तर्राष्ट्रियस्तरका सुरक्षा प्रविधि, आधुनिक सुविधा र नवीनतम प्रविधिसहितका सवारीसाधन नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ।

३५ वर्षभन्दा लामो इतिहास बोकेको जीडब्लुएम विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्न सफल भएको छ। कम्पनीका अनुसार हालसम्म विश्वभर यसका एक करोडभन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन्। विशेषगरी विद्युतीय तथा बौद्धिक प्रविधियुक्त सवारीसाधनको विकासमा केन्द्रित जीडब्लुएमले सुरक्षा, नवीनता र प्रविधिलाई आफ्नो उत्पादन रणनीतिको प्रमुख आधार बनाउँदै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit