काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढीकरण तथा स्मार्टफोन स्तरोन्नतिलाई सहज बनाउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीचको सहकार्य भएको छ।
सहकार्यअन्तर्गत ग्राहकले छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा प्राप्त गर्नेछन्। सामसङको ग्यालेक्सी प्रविधि र एनसेलको नेटवर्कलाई जोडेर ल्याइएको यस योजनाले नयाँ स्मार्टफोन खरिदलाई मात्र नभई पुरानो २जी प्रविधिबाट ४जीमा स्तरोन्नति गर्न पनि प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
२जीबाट ४जीमा अपग्रेड गर्दा ५ हजारसम्म छुट
यस अभियानअन्तर्गत ग्राहकले जुनसुकै २जी मोबाइल साटेर सामसङको ४जी स्मार्टफोन खरिद गर्दा ५ हजार रुपैयाँसम्म एक्सचेन्ज सुविधा पाउनेछन्। साथै, न्यूनतम १ हजार २२१ रुपैयाँदेखि सुरु हुने मासिक किस्ताबन्दी सुविधाले नयाँ स्मार्टफोन खरिदलाई थप सहज बनाउने कम्पनीको भनाइ छ। यस पहलले नेपालमा ४जी प्रविधिको प्रयोग विस्तार गर्दै डिजिटल पहुँचको दूरी घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ग्यालेक्सी फोन खरिदमा १२ महिनासम्म निःशुल्क डेटा र भ्वाइस
सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले मोडेल र योग्यताअनुसार एनसेलका निश्चित मासिक प्याकमा शतप्रतिशत छुट पाउनेछन्। ग्यालेक्सी जेड फोल्ड ८, जेड फ्लिप ८, जेड फोल्ड ७, एस२६ अल्ट्रा, एस२६ प्लस, एस२६ र एस२६ एफई खरिद गर्ने ग्राहकले मासिक ७९९ रुपैयाँको प्याक १२ महिनासम्म निःशुल्क प्राप्त गर्नेछन्। उक्त प्याकमा अनलिमिटेड डेटा तथा भ्वाइस, लायन्सगेट र दैनिक १०० वटा एसएमएस सुविधा समावेश छन्। यसबाट ग्राहकले कुल ९ हजार ५८८ रुपैयाँ बराबरको सुविधा पाउनेछन्। त्यस्तै, ग्यालेक्सी ए१७, एम१७ र ए०७एस खरिद गर्ने ग्राहकले मासिक ४४९ रुपैयाँको प्याक नौ महिनासम्म निःशुल्क पाउनेछन्। यस प्याकमा ७ जीबी डेटा र अनलिमिटेड भ्वाइस सुविधा उपलब्ध हुनेछ। यसको कुल मूल्य ४ हजार ४१ रुपैयाँ हुन्छ।
फ्ल्यागशिप फोन खरिदमा ३६ महिनाको किस्ताबन्दी सुविधा
सामसङले हुलास फिन सर्भसँगको सहकार्यमा फ्ल्यागशिप स्मार्टफोन खरिदका लागि किस्ताबन्दी योजनासमेत ल्याएको जनाएको छ। यस योजनाअन्तर्गत छनोट गरिएका फ्ल्यागशिप फोन खरिद गर्दा ग्राहकले ३६ महिनासम्मको किस्ताबन्दी सुविधा लिन सक्नेछन्। मासिक किस्ता ५ हजार १०६ रुपैयाँदेखि सुरु हुने यस योजनाले कम्पनीका प्रिमियम फोल्डेबल स्मार्टफोनलाई पनि ग्राहकको पहुँचमा पुर्याउने लक्ष्य राखेको उल्लेख छ। यसैगरी, छनोट गरिएका ग्यालेक्सी फ्ल्यागशिप स्मार्टफोन खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन्। कम्पनीका अनुसार योग्य ग्यालेक्सी जेड र एस सिरिजका ग्राहकलाई एक वर्षको थप वारेन्टीसमेत उपलब्ध गराइनेछ। सामसङका विभिन्न स्मार्टफोनमा २४ महिनासम्मको किस्ताबन्दी सुविधा पनि उपलब्ध हुनेछ।
विद्युतीय फोहोर व्यवस्थापनमा पनि सहकार्य
डिजिटल प्रविधिको पहुँच विस्तारसँगै सामसङले विद्युतीय फोहोरको जिम्मेवार व्यवस्थापनलाई पनि प्राथमिकता दिएको छ। यसका लागि कम्पनीले साइफरब्लकसँग आगामी सहकार्य गर्ने तयारी गरेको जनाएको छ। यस पहलमार्फत प्रयोग भइसकेका विद्युतीय उपकरणको जिम्मेवार सङ्कलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। यसले ग्राहकलाई पुराना उपकरणको उचित व्यवस्थापन गर्दै नयाँ प्रविधिमा स्तरोन्नति गर्न प्रोत्साहित गर्ने कम्पनीको अपेक्षा छ। यी सेवा सामसङका सेवा केन्द्र तथा छनोट गरिएका ब्रान्ड स्टोरमा उपलब्ध हुनेछन्। सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले यस सहकार्यले सामान्य स्मार्टफोन प्रवर्द्धनभन्दा अघि बढेर नेपालमा समावेशी डिजिटल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको बताए। उनका अनुसार एआई अनुभवलाई सहज पहुँचमा पुर्याउने, प्रिमियम फोल्डेबल प्रविधिलाई ग्राहकको पहुँचमा ल्याउने, किफायती ४जी अपग्रेडमा सहयोग गर्ने र विद्युतीय फोहोरको जिम्मेवार व्यवस्थापनलाई प्रोत्साहन गर्ने पहलले प्रविधिमार्फत ग्राहकलाई सशक्त बनाउने साझा प्रतिबद्धता दर्शाउँछ।
नोभेम्बर २० देखि प्रि–अर्डर खुल्ने
सामसङले नयाँ योजनाअन्तर्गत नोभेम्बर २० देखि २३ सम्म प्रि–अर्डर खुला गर्ने भएको छ। तोकिएको क्यूआर कोडमार्फत प्रि–अर्डर गर्ने ग्राहकले ४ हजार ९९९ रुपैयाँ मूल्यको बड्स कोर इयरबड्समा ६२ प्रतिशत छुट पाउनेछन्। यस सहकार्यले नेपालमा एआई प्रविधिको प्रयोग विस्तार, ४जी कनेक्टिभिटीको पहुँच वृद्धि र ग्राहकलाई नयाँ ग्यालेक्सी स्मार्टफोनमा सहज रूपमा स्तरोन्नति गर्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ।















प्रतिक्रिया दिनुहोस्