काठमाडौं। राष्ट्रिय युवा परिषद्ले विशेष प्राथमिकता प्राप्त युवाहरूलाई लक्षित गर्दै लोकसेवा आयोगको परीक्षाका लागि अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त तयारी कक्षा सञ्चालन गर्न लागेको हो।
कार्यक्रमअन्तर्गत लोकसेवा आयोगको शाखा अधिकृत पदको प्रथम पत्र र नायब सुब्बा पदको परीक्षालाई लक्षित गरी अनलाइन माध्यमबाट तयारी कक्षा सञ्चालन गरिने परिषद्ले जनाएको छ।
लोकसेवा परीक्षाको तयारी गरिरहेका विशेष प्राथमिकता प्राप्त युवाहरूलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमले उनीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै सरकारी सेवामा प्रवेशको अवसर सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तयारी कक्षामा सहभागी हुन इच्छुक युवाहरूले राष्ट्रिय युवा परिषद्ले उपलब्ध गराएको अनलाइन लिङ्क https://shramsansar.gov.np/loksewa-preparation मार्फत आवेदन फाराम भर्न सक्नेछन्।















प्रतिक्रिया दिनुहोस्