Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

हुम्लाका ज्येष्ठ नागरिकलाई जिल्ला अस्पतालले गर्यो छुट्टै उपचार शय्याको व्यवस्था

हुम्लाका ज्येष्ठ नागरिकलाई जिल्ला अस्पतालले गर्यो छुट्टै उपचार शय्याको व्यवस्था
विज्ञापन
Advertisement

काठमाडौँ ।  हुम्ला जिल्ला अस्पतालमा ज्येष्ठ नागरिकको उपचारमा सहजताका लागि छुट्टै शय्याको व्यवस्था गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकमा अन्य बिरामीसँगै उपचार हुँदा समस्या हुने भएकाले उनीहरूको उपचारमा सहज होस् भनेर छुट्टै शय्याको व्यवस्था गरिएको सामाजिक सुरक्षा इकाइ शाखाका उजिर बोहराले जानकारी दिएका छन्। अस्पतालले उपचारका लागि आउने ज्येष्ठ नागरिकका लागि दुई शय्या र ज्येष्ठ नागरिकलाई न्यानोका लागि दुई हिटरको व्यवस्था गरेको बोहराले बताए। जिल्ला अस्पतालमा चार वर्षदेखि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट ज्येष्ठ नागरिक कार्यक्रम लागूहुँदै आएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतिक्षा भारतीले माघदेखि अस्पतालमा भर्ना भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो व्यवस्था गरिएको जानकारी दिइन। उनका अनुसार ७५ वर्ष भन्दामाथिका सबै खाले ज्येष्ठ नागरिकलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निःशुल्क छ ।

यस्तै, अस्पतालमा ६५ देखि ७४ वर्षको ज्येष्ठ नागरिकलाई ७५ प्रतिशत छुट र ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । केन्द्रले ज्येष्ठ नागरिक कार्यक्रमका लागि दश लाख बजेट उपलब्ध गराउदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit