Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डा .ओम फाउण्डेसनले २० लाखको छात्रवृत्ति प्रदान गर्ने

डा .ओम फाउण्डेसनले २० लाखको छात्रवृत्ति प्रदान गर्ने
विज्ञापन
Advertisement

काठमाडौँ डा ।ओम फाउन्डेसनले सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित उक्त फाउन्डेसनले न्यून आय भएका तथा जेहेन्दार विद्यार्थीको शैक्षिक विकासका निम्ति छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार पत्रकार सम्मेलन गरी फाउन्डेसनका संस्थापक डा ओम मूर्तिले देशव्यापी छात्रवृत्ति कार्यक्रम सञ्चालन भएको घोषणा गरे । फाउन्डेसनले यस वर्ष छात्रवृत्ति कार्यक्रमका लागि २० लाख रुपैयाँ रकम छुट्टाएको छ । डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त रकमले उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

देशभरीका विद्यार्थीहरूले माघ १६ गतेदेखि फागुन ४ गतेभित्र छात्रवृत्तिका लागि सरकारी विद्यालयमा अध्ययरत, कक्षा ६ देखि कक्षा ९ सम्मका, न्यून आय भएका र जेहेन्दार विद्यार्थीले आवेदन दिन सक्नेछन् । आवेदनसहित विद्यार्थीको अघिल्लो कक्षा र चालू शैक्षिक सत्रका ग्रेडसिट, परिचयपत्र, विद्यार्थीको शैक्षिकस्तर र अभिभावकको आर्थिक अवस्थासम्बन्धी सिफारिसलगायतका कागजपत्र समावेश गर्नुपर्ने छ ।

पहिलो चरणमा छात्रवृत्ति कार्यक्रमका लागि फाउन्डेसन आफैंले रकम व्यवस्थापन गरिसकेको छ । अर्को चरणमा अन्य कुनै व्यक्ति वा संस्थाले फाउन्डेसनमार्फत् थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने इच्छा व्यक्त गरेमा त्यसका निम्ति सहजीकरण गरिदिने फाउन्डेसनले जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit