Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

अमेरिकामा यात्रुवाहक विमानसँग ठोक्किएर सेनाको हेलिकोप्टर नदीमा खस्यो

अमेरिकामा यात्रुवाहक विमानसँग ठोक्किएर सेनाको हेलिकोप्टर नदीमा खस्यो
विज्ञापन
Advertisement

काठमाडौँ । अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकी एयरलाइन्सको एउटा यात्रुवाहक विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ । वासिङ्टन डीसी नजिकैको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयानुसार बुधबार राति ९ बजे उक्त दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । अमेरिकी एयरलाइन्सले विमानमा ६० यात्रु र ४ क्रु मेम्बर रहेको पुष्टी गरेको छ। एयरलाइन्सले भनेको छ, ‘हामी ती सबैको बारेमा चिन्तित छौं।’ यस दुर्घटनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेगन राष्ट्रिय विमानस्थलमा भयानक दुर्घटनाको बारेमा पूर्ण जानकारी आफूले पाएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

यो दुर्घटनाको अनुसन्धान भइरहेको जनाइएको छ। विमान र हेलिकप्टर ठोक्किएपछि हेलिकप्टर पोटोमेलोक नदीमा खसेको थियो। रेगन एयरपोर्टले सामाजिक सञ्जाल एक्समार्फत अहिले सबै उडानहरू रोकिएको बताएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit