Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

नेपाल एसबिआई बैंकद्वारा बाल पुस्तकालय स्थापना गर्न सहयोग

नेपाल एसबिआई बैंकद्वारा बाल पुस्तकालय स्थापना गर्न सहयोग
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले ललितपुरको कुपण्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समितिमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत गुरुद्वारा परिसरमा बाल पुस्तकालय स्थापनाका लागि आवश्यक सामग्रीसमेत सहयोग गरेको छ । सोमबार आयोजित कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले नवनिर्मित एटिएम टर्मिनलको उद्घाटन गरेका हुन् । उक्त एटिएम सञ्चालनमा आएसँगै गुरुद्वारामा आउने श्रद्धालु, स्थानीय बासिन्दा तथा बैंकका ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सुविधा पुग्ने बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले बालबालिकामा पठन संस्कृतिको विकास तथा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले गुरुद्वारा परिसरमा बाल पुस्तकालय स्थापनाका लागि सहयोग सामग्री प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत तिवारीले गुरुद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंहलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णु देव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, बागमती प्रदेश प्रमुख सुशील राज श्रेष्ठलगायत बैंक तथा गुरुद्वाराका पदाधिकारीहरूको उपस्थिति थियो ।

बैंकले शिक्षा, सांस्कृतिक सम्पदाको संरक्षण तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल एसबिआई बैंकका हाल देशभर १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit