Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

मनकामना केबलकार सञ्चालनको २८ वर्ष पूरा, २ करोड १२ लाख यात्रुले लिए सेवा

मनकामना केबलकार सञ्चालनको २८ वर्ष पूरा, २ करोड १२ लाख यात्रुले लिए सेवा
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ। चितवन को–इ समूहअन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गते आफ्नो २८औँ वार्षिकोत्सव मनाउन लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार सञ्चालनमा आएको २८ वर्षको अवधिमा केबलकारले २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको छ। नेपालको पर्यटन पूर्वाधार विकासमा ऐतिहासिक योगदान पुर्‍याउँदै आएको मनकामना केबलकार धार्मिक पर्यटनको प्रमुख आकर्षणका रूपमा स्थापित छ।

समूहका संस्थापक स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना तथा नेतृत्वमा स्थापना भएको मनकामना केबलकारले नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी र उद्यमशीलताको सफल उदाहरण प्रस्तुत गर्दै आएको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले स्थापनाकालदेखि हालसम्म निरन्तर माया, विश्वास र साथ–सहयोग प्रदान गर्ने सम्पूर्ण यात्रु तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ।

यसैबीच, चितवन को–इ समूहअन्तर्गत रिसोर्ट्स बाई मनकामना केबलकार प्रालिद्वारा सञ्चालित मनकामना हिलक्रेस्ट रिसोर्टले पनि पहिलो वर्षको सफल सञ्चालन पूरा गरी आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। रिसोर्टका अनुसार पहिलो वर्षको सञ्चालन उत्साहजनक र सन्तोषजनक रहेको छ। रिसोर्टले आगामी दिनमा सेवा, गुणस्तर तथा पाहुना सन्तुष्टिलाई थप प्राथमिकता दिँदै मनकामनालाई धार्मिक पर्यटनभन्दा परको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit