Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फागुनमा १८ बैंकको ब्याजदर स्थिर हुँदा ग्लोबल आइएमईले बढायो

फागुनमा १८ बैंकको ब्याजदर स्थिर हुँदा ग्लोबल आइएमईले बढायो
विज्ञापन
Advertisement

काठमाडौँ । फागनुमा अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । फागुन १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको ब्याजदरमा अधिकांश बैंकको मुद्दती निक्षेपतर्फ ब्याजदर स्थिर छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकहरूको फागुनमा ब्याजदर संस्थागततर्फ औसत ०.०१ प्रतिशत घटेर औसत ४.४९ प्रतिशतमा झरेको छ । माघमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ब्याजदर ४.५० प्रतिशत कायम छ ।

यस्तै, फागुनमा मुद्दती निक्षेपको व्यक्तिगततर्फ बैंकहरूको औसत ब्याजदर ६ प्रतिशत नै कायम गरेको छ । माघ महिनाका लागि पनि सोही ब्याजदर कायम छ।

२० वाणिज्य बैंकहरूमध्ये अधिकांश (१८) वटा वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई फागुनमा निरन्तरता दिएका छन् । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटेर ५.५ प्रतिशत निर्धारण गर्दा ग्लोबल आइएमई बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत पुर्याएको छ ।

फागुनमा कृषि विकास बैंकले ५.५१ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत, नेपाल बैंकले ५.६ प्रतिशत, कुमारी बैंकले ५.९१ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत ब्याजदर तोकेको छ ।
यस्तै, प्राइम बैंकले ६.२५ प्रतिशत, सिटिजन्स बैंकले ६.६५ प्रतिशत प्रभु बैंकले ६.१ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, एनएमबि बैंकले ६.६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, हिमालयन बैंकले ६२५ प्रतिशत ब्याजदर कायम गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत, सद्धार्थ बैंकले ६ प्रतिशत ब्याजदर निर्धारण गर्दा एनआइसी एशिया बैंकले ६.६ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, सानिमा बैंकले ६.०५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत ब्याजदर उपलब्ध गराउने तय गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit