Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। २०८१ साल चैत्र ७ गते कम्पनीको केन्द्रीय कार्यालय, कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरे। सार्वजनिक गरिएको क्यालेन्डरमा बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तथा मिति समावेश गरिएको छ।

कार्यक्रमका अवसरमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीका ग्राहक, बीमा अभिकर्ता, सञ्चालक पदाधिकारी, कर्मचारी, शेयरधनी तथा नियामक निकायहरूप्रति आभार व्यक्त गर्दै नयाँ वर्ष २०८२ को अग्रिम शुभकामना दिए। साथै, कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम उपयोग गर्दै ग्राहक सेवालाई प्रभावकारी बनाउने योजना रहेको जानकारी दिए।

उनले सम्पूर्ण सरोकारवालाहरूको अपेक्षा पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit