Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

काठमाडौंका यी पाँच क्षेत्रमा राति १० बजेसम्मलाई कर्फ्यु

काठमाडौंका यी पाँच क्षेत्रमा राति १० बजेसम्मलाई कर्फ्यु
विज्ञापन
Advertisement

काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि त्यस क्षेत्रमा कर्फ्यु लगाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार भएको राजावादी समर्थकको प्रर्दशन अपरान्हपछि हिंसात्मक बनेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा ४ बजेर २५ मिनेटदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको जानकारी दिएको छ।

उक्त क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको प्रशासनले जनाएको छ।

तीनकुने क्षेत्रमा दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनमा तोडफोड र झडप भएको थियो। निजी सम्पत्तिमाथि अराजक रुपमा प्रस्तुत भएका राजावादी समर्थकले तीनकुनेस्थित
एक निजी घर र नेकपा समाजवादी पार्टी कार्यालयमा आगजनी गरेका छन् भने भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेका थिए। स्थिति तनावग्रत बनेपछि त्यहाँ कर्फु लगाइएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit