Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

नेप्सेमा दोहोरो अंकको गिरावट, फाइनान्सका लगानीकर्ता बने निराश

नेप्सेमा दोहोरो अंकको गिरावट, फाइनान्सका लगानीकर्ता  बने निराश
विज्ञापन
Advertisement

काठमाडाैं ।  आइतबार र सोमबार उच्च अंकले बढेको नेप्से सूचक मंगलबार दोहोरो अंकले घटेको छ । नेप्से सूचक १५.५७ अंकले घट्दा २ हजार ६७७.६६ विन्दुमा आइपुगेको छ । लगानीकर्ता  ‘पर्ख र हेर’को अबस्थामा देखिए पनि केही लगानीकर्ता सुरुवात देखिनै नाफा बुक गर्दा पाँच अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ । घटेको बजारमा २०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ४२ वटा कम्पनीको शेयर मूल्य बढेका छन्।

विज्ञापन
Advertisement
Advertisement

कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये १२ वटा सूचक नकारात्मक बनेका छन् भने ट्रेडिङ समूहको सूचक मात्र सामान्य बढेको छ । गुराँश लघुवित्त र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५।९६ प्रतिशतदेखि ४।८६ प्रतिशतसम्मले घटेको छ । घटेको बजारमा पनि गोर्डेन माइक्रो लाइफ इन्स्योरेन्स, विशाल बजार कम्पनी, राधि विद्युत कम्पनी, सयपत्री हाइड्रो पावर कम्पनीको शेयर मूल्य ४।२३ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छन् ।

सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्स र नेपाल रिन्स्योरेन्सको भएको छ । लामो समयदेखि रिक्त रहेको नेप्सेको कार्यकारी प्रमुखमा बैंकिङ क्षेत्रमा लामो समय अनुभव बटुलेका चुणमणी चापागाइँलाई नियुक्त गरेको छ । उनले आजै नियुक्ती पत्र बुझदा यता शेयर बजारले भने उनलाई नकारात्मक स्वागत गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit