Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

एनसेलको मनसुन अफरमा प्याक वा नयाँ सिम खरिदमा २० प्रतिशतसम्म क्यासब्याक दिने

एनसेलको मनसुन अफरमा प्याक वा नयाँ सिम खरिदमा २० प्रतिशतसम्म क्यासब्याक दिने
विज्ञापन
Advertisement

काठमाडौं । एनसेलले मनसुन लक्षित नयाँ अफर सार्वजनिक गर्दै योग्य प्याक वा नयाँ प्रिपेड सिम कार्ड खरिद गर्ने ग्राहकलाई ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक दिने योजना ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार प्रिपेड ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गरेपछि रिवार्ड पुष्टि गर्ने एसएमएस प्राप्त गर्नेछन्। त्यसपछि क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ, जसलाई ग्राहकले २४ घण्टाभित्र दाबी गर्नुपर्नेछ। प्राप्त रिवार्ड एक साताभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। अफरअन्तर्गत ५० देखि ९९ रुपैयाँ सम्मको प्याकमा ५ प्रतिशत, १०० देखि २०० सम्मको प्याकमा १० प्रतिशत, २०१ देखि ४९९ सम्मको प्याकमा १५ प्रतिशत तथा ५०० रुपैयाँ वा सोभन्दा माथिको प्याकमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले यस अभियानले ग्राहकलाई थप मूल्य प्रदान गर्नुका साथै प्रत्येक प्याक खरिदलाई अझ लाभदायक बनाउने बताए। उनका अनुसार ग्राहकहरूले एनसेल एपमार्फत विभिन्न साझेदारबाट उपलब्ध विशेष अफर र सेवाको पनि लाभ लिन सक्नेछन्।

कम्पनीले यो योजना डिजिटल इकोसिस्टम विस्तार गर्ने रणनीतिको हिस्सा भएको जनाएको छ। एप प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकलाई सहज सेवा, साझेदारका विशेष अफर तथा दैनिक जीवनसँग जोडिएका विभिन्न सुविधामा पहुँच बढाउने उद्देश्य राखिएको एनसेलले जनाएको छ। कम्पनीका अनुसार यो सीमित अवधिको मनसुन अफर एनसेलका प्रिपेड ग्राहकका लागि मात्र उपलब्ध रहने छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit