काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले तीन महिना लामो समयपछि हाजिर गरेका छन् । १ सय ३ दिन बिदामा रहेका उनले आज तनावपूर्ण वातावरणबीच कार्यालय पुगेर हाजिर गरेपनि शुक्रबार देखि मात्र कार्यालय सेवा प्रवाह गर्ने भएका छन् ।
आज बसेको कार्यपालिका बैठकले भोलीबाट मात्र उनले सेवा दिने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
बिहीबार उनको कार्यालयमा लगाइएको ताला फोडेर वडाध्यक्ष र कर्मचारीहरूले गुरागाईंलाई प्रवेश गराएका थिए। महानगर प्रमुख बालेन्द्र शाहको अनुपस्थितिमा उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर बैठक सञ्चालन गरे।
उक्त बैठकबाट गुरागाईंले भोलीदेखि नियमित सेवा प्रवाह गर्ने निणर्य गरेको प्रवक्ता मानन्धरले जानकारी दिए ।
बैठकमा उपप्रमुख डंगोलले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै प्रमुख शाहलाई कोठामा बसेर निर्देशन दिनुभन्दा समस्या समाधान गर्नतिर लाग्न आग्रह गरिन । मेयर बालेन शाहले गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन महानगरको प्रहरी टोलीलाई निर्देशन दिएका थिए । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूहरू ६ महिनै भोकै बस्न तयार हुने तर, निर्देशन पालना गर्ने बताउँदै गुरागाईंलाई रोक्ने प्रयास गरेका थिए । महानगरका कर्मचारीले उक्त प्रयास असफल बनाउँदै ताला फोडेर गुरागाईंलाई हाजिर गराउने वातावरण बनाएका थिए ।
प्रमुख प्रशासकिय अधिकृत नहुँदा महानगरका कर्मचारीले तीन महिनादेखि नियमित तलब नपाएको छैनन् ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्