काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकवर्गले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५प्रतिशत सम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक लिमिटेड र दराजबीच सम्झौता भएको हो ।
नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको जनाएको छ ।
उक्त छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको वेबसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम ७५० रुपैयाँसम्म र डेबिट कार्ड होल्डर ग्राहकहरुले १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।
छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले आजैदेखि दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने बैंकको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।
गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्