Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बनेपा नगरपालिकामा सहकारीको मूल्यांकन ‘सेक्योस’ प्रणालीद्वारा गरिने

बनेपा नगरपालिकामा सहकारीको मूल्यांकन ‘सेक्योस’ प्रणालीद्वारा गरिने
विज्ञापन
Advertisement

काठमाडौं । बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यले ‘सेक्योस अनलाइन प्रणाली’ सञ्चालनमा ल्याएको छ। सहकारी संस्थाको शासकीय, वित्तीय तथा अन्य सूचकांकलाई व्यवस्थित गर्दै नियमित अनुगमन र मूल्यांकन गर्न यो प्रणाली नेपालमै पहिलोपटक बनेपाबाट सुरु गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

यसअघि अफलाइन रुपमा प्रयोग हुँदै आएको प्रणालीलाई डिजिटलरुपमा रूपान्तरण गर्दै विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था (साकोस) बाट औपचारिक सुरुवात भएको हो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले एक कार्यक्रमबीच उक्त प्रणालीको सोमबार सुरुवात गर्दै यसको औजार विन्धबासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरे।

नगर प्रमुख शाक्यले बनेपा नगरपालिकाको कार्यक्षेत्रभित्र विगतमा दर्जनौं सहकारी सञ्चालकहरु वेपत्ता भएको, कतिपय झोलामै सीमित रहेको, सूचना प्रणाली कमजोर भएकाले पारदर्शिता नदेखिएको, र पदाधिकारीहरूको लापरवाहीका कारण बचतकर्ताहरूको रकम जोखिममा परेको अवस्थालाई न्यूनीकरण गर्न नयाँ प्रविधिको प्रयोगले उक्त समस्याहरु समाधान हुने विस्वास व्यक्त गरे ।

उनले बनेपा सहकारी इतिहासको सुरुआती केन्द्र भएकाले पनि यो प्रणाली बनेपाबाट सुरु गर्नु उपयुक्त रहेको धारणा राखे ।

विन्धबासिनी साकोसको ४५औं सञ्चालक समिति बैठक सोही प्रणालीमार्फत सम्पन्न भएको थियो।

बनेपा नगरपालिका सामाजिक तथा सहकारी शाखाका अधिकृत दिनेशकुमार पोखरेलका अनुसार, नगरभित्र सञ्चालनमा रहेका मुख्य कार्यालय, शाखा वा सेवा केन्द्र रहेका सबै सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा उक्त अनलाइन प्रणालीमा आबद्ध गरिएको छ। हालसम्म १०० भन्दा बढी सहकारी संस्थाहरू उक्त प्रणालीमा आबद्ध भइसकेका छन् भने बाँकी संस्थाहरूलाई पनि जोड्ने प्रक्रिया जारी रहेको पोखरेलले जानकारी दिए।

उनले बचतकर्ताहरूको कमजोरी, पदाधिकारीहरूको लापरवाही र नियामक निकायहरूको बेवास्ताका कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताउँदै, अनलाइन प्रणालीले ती कमजोरी सुधार गरी सहकारी क्षेत्रमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

बनेपा नगरपालिकाले प्रस्तुत प्रणालीलाई सहकारी संस्थाको स्वःमूल्यांकन गर्ने आधुनिक प्रविधिका रूपमा अगाडि सारेको छ। प्रणालीले २७ वटा सूचकका आधारमा मूल्यांकन गर्नेछ, जसबाट सहकारीहरूको वास्तविक अवस्था थाहा पाउन सकिने नगरपालिका पक्षको भनाइ छ।

उद्घाटन कार्यक्रममा बनेपा नगरपालिका र विन्धबासिनी साकोसका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit