
काठमाडाैं । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आज काठमाडौंको मातातीर्थमा विहानैदेखि दर्शन गर्नेको भीड लागेको छ । आजको दिन दिवंगत आमाको सम्झनामा राजधानीको थानकोट मातातीर्थमा पुगेका छन् ।

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक माता तीर्थमा श्राद्ध गर्नु पर्ने मान्यता समेत छ ।



प्रतिक्रिया दिनुहोस्