Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ट्रेड युनियनको अगुवाइमा पचास रोपनी जग्गामा अदुवाखेती

ट्रेड युनियनको अगुवाइमा पचास रोपनी जग्गामा अदुवाखेती
विज्ञापन
Advertisement

तनहुँ । एक सय ३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले पचास रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ । यसको आरम्भ पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले गरिन् ।

विज्ञापन
Advertisement
Advertisement

जिल्लाको व्यास नगरपालिका–६ श्याम्घामा ५० रोपनी जग्गामा अदुवाखेती थालिएको हो । उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासङ्घमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ ।

अखिल महासङ्घका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मंगलबार २० जना सङ्गठनका पदाधिकारी सहभागी भएर आधुनिक विधिबाट अदुवा रोपिएको हो । पहिलो चरणमा एक सय धार्नी अदुवा रोपिएको छ भने यस वर्ष पाँच सय धार्नी बीउ रोप्ने लक्ष्य छ ।

बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न नपर्ने भएकाले अदुवाखेतीलाई प्राथामिकता दिइएको महासङ्घ तनहुँका अध्यक्ष वीरबहादुर थापाले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit