Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

रोपाइँको मुख्य याममा मल आपूर्ति सहज, बिक्रीसँगै मौज्दात पनि पर्याप्त

रोपाइँको मुख्य याममा मल आपूर्ति सहज, बिक्रीसँगै मौज्दात पनि पर्याप्त
विज्ञापन
Advertisement

नारायणगढ। चितवनस्थितसाल्ट ट्रेडिङ  कनर्पोरेस शाखा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ८५ हजारभन्दा बढी बोरा रासायनिक मल बिक्री वितरण गरेको जनाएको छ । कार्यालयका अनुसार जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३ बोरा पोटास बिक्री भइसकेको छ ।

विज्ञापन
Advertisement
Advertisement

हाल कार्यालयबाट नौ हजार २०० बोरा युरिया र एक हजार बोरा डीएपी बिक्री भइरहेको छ । थप वितरणका लागि सात हजार ८०२ बोरा युरिया, दुई हजार ८६६ बोरा डीएपी र १२ हजार ४२५ बोरा पोटास मौज्दात रहेको कार्यालयले जनाएको छ ।

शाखा कार्यालय प्रमुख बुद्धिविनोद दाहालका अनुसार सरकारले तोकेको अनुदानित मूल्यमा सूचीकृत बिक्रेतामार्फत रासायनिक मल बिक्री वितरण भइरहेको छ । हाल ५० केजी युरियाको मूल्य ८४७ रुपैयाँ, डीएपीको दुई हजार २९७ रुपैयाँ र पोटासको एक हजार ६९७ रुपैयाँ कायम गरिएको छ ।

कार्यालयले रोपाइँको मुख्य याममा किसानलाई मल अभाव हुन नदिन स्थानीय तहको सिफारिसका आधारमा समयमै अनुदानित मल उपलब्ध गराउँदै आएको जनाएको छ । कर्पोरेसनले सरकारबाट प्राप्त जिम्मेवारीअनुसार कठिन परिस्थितिमा समेत मल आपूर्तिलाई निरन्तरता दिएको दाबी गरेको छ ।

मल वितरणलाई थप पारदर्शी बनाउन जिल्लाका सबै बिक्रेतालाई ‘किसान व्यवस्थापन प्रणाली’ सफ्टवेयरमा किसानले खरिद गरेको मलको विवरण अनिवार्य रूपमा प्रविष्ट गराउने तयारी गरिएको छ । यससम्बन्धी प्राविधिक तालिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्व र कृषि ज्ञान केन्द्रको समन्वयमा प्रदान गरिसकिएको कार्यालयले जनाएको छ ।

साल्ट ट्रेडिङले राष्ट्रिय मागको करिब ३० प्रतिशत रासायनिक मल आपूर्ति गर्ने जिम्मेवारी पाएको छ । यस वर्ष रोपाइँका समयमा डीएपी मलको माग बढेका कारण केही समय आपूर्तिमा चाप परेको भए पनि युरिया मलको पर्याप्त व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष चितवनमा ४२ हजार २०१ बोरा युरिया, २१ हजार ५८४ बोरा डीएपी र एक हजार ८४२ बोरा पोटास बिक्री वितरण भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit