images images images
images images images
images
images
images

लगानी सम्मेलनको तयारी पूरा, सोकेसमै परेन विराटनगर जुट मिल

images

विराटनगर । कोशी प्रदेश सरकारले गर्न लागेको ‘लगानी सम्मेलन’ को सबै तयारी पूरा भएको छ । प्रदेश लगानी प्राधिकरणद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

विराटनगरको वीरेन्द्र सभागृहमा बिहीबार उद्घाटन हुने सम्मेलन वैशाख १९ गते सम्पन्न हुनेछ । लगानीको हिसाबले प्रचुर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ ।

images
images

प्राधिकरणका कार्यकारी निर्देशक डा सरोज कोइरालाले ७१ परियोजना सोकेसिङ गरिएको र यसको कूल अनुमानिता लागत एक खर्ब ७३ अर्ब ४९ करोड अनुमान रहेको जानकारी दिए ।

उनले लगानीका लागि आठ क्षेत्रका परियोजनामा पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, आइटी सेवालगायतका क्षेत्रका परियोजना तयार गरिएको बताए । यसमा नेपाल, भारत, चीन, रुस, अमेरिका, दक्षिण कोरियालगायत पश्चिमी मुलुकका लगानीकर्ताहरुले सहभागी हुने जनाइएको छ । लगानी सम्मेलनमा विभिन्न छ वटा विषय कृषि, पर्यटन, औद्योगिक उत्पादन, बजारीकरण, पूर्वाधार विकास, ऊर्जा र स्वास्थ्य सेवा एवं मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना विषयमा छलफल हुने र यसलाई सार्थक एवं नतिजामुखी बनाउन सबैको साथ सहायोगको अपेक्षा रहेको कार्यकारी निर्देशक डा कोइरालाले बताए ।

तर, १० करोड माथिका ७१ वटा परियोजनाका नाममा झण्डै पौने दुई खर्ब लगानी भित्र्याउने लक्ष्य राखेको प्रदेश सरकारको सोकेसमा ऐतिहासिक विराटनगर जुट मिल पर्न सकेन । राजनीतिक हस्तक्षेपले १२ वर्षदेखि पूर्ण रूपमा बन्द रहेको उक्त मिललाई प्रदेश सरकारले सञ्चालनमा ल्याउन सम्मेलनमार्फत पहल गर्ला भनेर आशा गरिरहेका स्थानीय सोकेसमै जुट मिल नपरेपछि निराश छन् । विसं १९९३ मा स्थापना भएको यो मिल देशकै पहिलो उद्योग हो। सम्मेलनका लागि तयार परिएका प्राय योजनाहरु राजनीतिक पहुँचको आधारमा राखिएको भन्दै प्रदेशवासी चिन्तित छन् ।

बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानी सम्मेलनको सफलतापछि प्रदेशमा रोजगारी अभिवृद्धि हुने र राष्ट्रिय पुँजीको विकास हुने चर्चा गरे । उनले लगानी सम्मेलनमा बाधक बत्रे कानुनहरुलाई संशोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशलाई आर्थिकरुपमा बलियो बनाउन, रोजगारी सिर्जना गर्न र सम्भावित क्षेत्रहरुको विकास गरी पर्यटक भित्र्याउन एवं उत्पादन बढाउन लगानी सम्मेलनले मद्दत गर्ने धारणा व्यक्त गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्