Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पशुपति क्षेत्र विकास कोषको ऐन चाँडै परिमार्जन गछौं : मन्त्री पाण्डे

पशुपति क्षेत्र विकास कोषको ऐन चाँडै परिमार्जन गछौं : मन्त्री पाण्डे
विज्ञापन
Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई चाँडै परिमार्जन गरेर समय सापेक्ष बनाउने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको जानकारी दिए । उनले चाँडै नै उक्त मस्यौदालाई मन्त्रीपरिषद् हुँदै संसदमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहरको केन्द्रविन्दु रहेको उल्लेख गर्दै उनले नेपालको सभ्यताको पहिचानको रुपमा रहेको पशुपति नाथलाई थप व्यवस्थि गर्दै अघि बढ्ने बताए ।

पशुपति क्षेत्र कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले पछिल्लो समय नराम्रा कुराको प्रचार हुँदा देशबाट बौद्धिक व्यक्तिहरुको पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गरे । यस्तै, उनले विश्व सम्पादा सूचीमा सुचिकृत लुम्बीनी विकाष कोष र पशुपति विकास कोषबीच एक आपसमा सहकार्य सहित अघि बढ्न सुझाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit