Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

गुणाकर भट्ट गभर्नर बन्ने बाटो खुल्ला, पूरक निवेदन इजलासबाट अस्वीकार

गुणाकर भट्ट गभर्नर बन्ने बाटो खुल्ला, पूरक निवेदन इजलासबाट अस्वीकार
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टलाई गभर्नर बन्ने बाटो खुला भएको छ । बुधबार सर्वोच्च अदालतले उनको योग्यता नपुग्ने दाबी गर्दै दर्ता गरिएको पूरक निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेसँगै उनलाई गभर्नर बन्ने बाटो खुला भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले सरकारको मापदण्ड संशोधनप्रति आपत्ति जनाउँदै भट्टलाई गभर्नर बन्ने योग्य नभएको जिकिर गर्दै पूरक निवेदन दिएका थिए। बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले उक्त निवेदन अस्वीकार गरेको हो।

सरकारले यसअघि सार्वजनिक संस्थानमा नियुक्तिका लागि लाग्ने उमेरसम्बन्धी मापदण्ड हटाएको थियो। फागुनमा संशोधन भएको मापदण्डमा ३० वर्षदेखि ६५ वर्षसम्मको उमेर सीमा हटाइएको छ, जसलाई व्यक्तिविशेषलाई नियुक्तिका लागि गरिएको संशोधन भन्दै अधिवक्ताद्वयले चैत ३१ मा सर्वोच्चमा रिट दायर गरेका थिए।

भट्टको रिट खारेजी र ३० वर्षदेखि ६५ वर्षसम्मको उमेर सीमालाई कार्यान्वयन नगर्नु भन्ने विगतको आदेशलाई निरन्तरता दिएसँगै उनलाइ अब सरकारले चाहेमा  गभर्नर नियुक्तीमा बाधा  नपुग्ने भएकाे हाे ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका डा. भट्टले चैत ५ गते राजीनामा दिइसकेका छन्। तर, कायम मुकायम गभर्नर डा। निलम ढुंगाना तिम्सिनाले उनको राजीनामा स्वीकृत गरेकी छैनन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit