Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

किन आवश्यक छ सानिमाको ‘मेरो मुटु बाल जीवन बीमा’ योजना ?

किन आवश्यक छ सानिमाको ‘मेरो मुटु बाल जीवन बीमा’ योजना ?
विज्ञापन
Advertisement

काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘मेरो मुटु बाल जीवन बीमा’ योजना सञ्चाल गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

एक महिने शिशुदेखि माथिका बालबालिकाको बीमा गर्न सकिने गरी सात वर्ष अघिदेखि रिलायन्सले यो योजना दिर्घकालिन वित्तीय सुरक्षा र बचतको सुनिश्चितता प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ ।

यो योजनामा विशेष गरी अभिभावक (प्रस्तावक) र बच्चा दुवैको जीवन एकैसाथ बीमित गरिन्छ।
यो बीमालेखले बचत र सुरक्षा दुबै संयोजन गरेको छ। योजना अनुसार बीमा अवधिभर प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ । त्यस्तै, कम्पनीले बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बच्चाको नाममा उपलब्ध गराउँदछ ।

अप्रत्याशित मृत्यु भएमा के हुन्छ?
१ .बीमीतको हकमाः बीमांक रकमको २५ प्रतिशत वा आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन बढी हुन्छ, त्यो रकम दिइनेछ।
२. प्रस्तावकको हकमाः प्रस्तावकको मृत्यु हुदा बिमांक रकम पाउने गरि अतिरिक्त बीमाशुल्क तिरेको अवस्थामा बीमांक रकम कम्पनीद्वारा प्रदान गरिन्छ । अतिरिक्त शुल्क नतिरेको अवस्थामा भने बीमांक रकम कम्पनीले उपलब्ध गराउदैन ।
३. बीमा अवधि सकिनु अगावै बीमालेख चालु रहेको अवस्थामा बीमित र बीमा प्रस्तावकको मृत्यु एउटै घटनाबाट भए प्रस्तावकको मृत्यु बापत बीमांक रकम र आर्जित बोनस तथा बच्चाको मृत्यु बापत बीमंकको २५% रकम भुक्तानी कम्पनीले गर्छ ।
४. बीमा अवधि भित्र प्रस्तावकको मृत्यु भएपश्चात बिमीत बच्चाको समेत मृत्यु भएमा बीमांक रकमको २५% र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क मध्य जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिई कम्पनीले बीमालेख स्वतः अन्त्य गर्दछ ।

किन रोज्ने ‘मेरो मुटु बालजीवन बीमा’ ?
बालबालिकाको उच्च शिक्षा, आकस्मिक खर्च र दीर्घकालीन योजना सुरक्षित गर्न
मासिक आय सुविधा सहितको बीमालेख
भविष्यका लागि अनुशासित बचतको सुनिश्चितता गर्न
न्यून प्रिमियममै दीर्घकालीन लाभ

रिलायन्सले नेपाली परिवेश र परिवारीक आवश्यकता अनुसार व्यवहारिक बीमा योजनाहरू उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit